बाली बिमा र पशुबिमा सम्बन्धि नाटक प्रस्तुत

34

जनक साउद , बैतडी ।  डिलासैनी गाउपालिकाको गोकुलेश्वरमा रहेको गोकुलेश्वोर कृषि तथा पशु बिज्ञान कलेजमा स्थापित पिवाईएफएले बाली बिमा र पशुबिमा सम्बन्धि नाटक प्रस्तुत गरेको छ । गोकुलेश्वरको हरिनगरमा सम्पन्न रामलीला महोत्सवमा पिवाईएफएले बाली बिमा र पशुबिमा सम्बन्धि जानकारीमुलक नाटक प्रस्तुत गरेको संस्थाका कार्डिनिटर प्रकाश सिह धामीले बताए । ग्रामीण भेगका किसानहरुलाई बाली बिमा र पशु बिमाका फाईदाहरुका बारेमा नाटकमा जानकारी गराएको उहाको भनाई छ । उनले भने ‘ हामि जस्तो साना किसानहरुको लागि पसुपन्छी र बालिनाली भनेको नै सबै सम्पती हो । यदि बालिनाली र पशुपन्छिको उपयुक्त हेरचाह गर्न सकिएन भने किसानको जीवन उकास्न सकिदैन । फलस्वरूप किसानहरुलाई बालिनाली र पसुपन्छी बिमा सम्बन्धि जानकारी,यसका फाईदा ,बिमा गर्दा ध्यानदिनुपर्ने कुराहरु,बिमा कसरी गर्न सकिन्छ भन्ने बारे,नाटको माध्यमबाट जानकारी गराएका हौ । ’ प्रस्तुत नाटकले कृषकहरुलाई पशुबिमा र बाली बिमाका बारेमा ज्ञान हासिल गर्ने अबसर मिलेको धामीले बताए ।

Comments

comments