यस्तो छ रिममा रहेको महारुद्र मन्दिरको यतिहासिक पृष्ठभुमि

317

जनक साउद । बैतडी । सुन्दर सुदुरपश्चिमको बैतडी जिल्ला दोगडाकेदार गाउपालिका १ रिममा रहेको आफ्नै छुट्टै यतिहासिक तथा धार्मिक महत्वको महारुद्र देउताको मन्दिर भौगौलिक बिकटता र प्रचार प्रसारको अभाबले आझेलमा परेको छ । अत्यन्तै रमणीय अनि मनमोहक ठाउ तर भौगौलिक बिकटता र प्रचार प्रसारको अभाबले आझेलमा परेको हो ।

लभगभ १३ औं शताब्दीतिर एउटा दलित समुदायको किसानले हलो जोत्दा महारुद्र देउता भेटाएको किंमदन्ती छ । त्यस पछि यही ठाउमा महारुद्र देउताको स्थापना गरेको मानिन्छ । डोटी राज्यका राजा नागी मल्लले अजयमेरुकोटबाट डोटी राज्य भरिका देउताहरुको परिक्षा लिन सुरु गरे । परिक्षा लिने क्रममा राजा नागी मल्ल यो ठाउमा आईपुगे र महारुद्र मन्दिरको परिक्षा लिन हाल मन्दिर रहेको ठाउको माथि भकौती भन्ने ठाउबाट आफ्नो दुई नाले बन्दुकबाट गोली प्रहार गर्न खोज्दा बन्दुकको एक नालबाट दुधै दुध र अर्को नालबाट फुलै फुल निस्केको किंमदन्ती रहेको स्थानिय शिक्षक शिबदत्त जोशीले बताए ।

राजा नागी मल्लले गोली प्रहार गर्न खोज्दा बन्दुकको एक नालबाट दुधै दुध र अर्को नालबाट फुलै फुल निस्के पछि राजा नागी मल्ल अच्चमित भए । महारुद्र देउता निकै शक्तिशाली कहलिए । त्यस पछि राजा जागी मल्लले महारुद्र देउताको कदर गर्दै एकै रातमा आफना सेनाहरु परिचालन गरि एकै रातमा सिङगो मन्दिर निर्माण गरेको ईतिहास जिबन्त छ । शिबरुपी धामको रुपमा रहेको महारुद्र मन्दिर पुरातात्व बिभागमा पनी दर्ता रहेको छ । महारुद्र मन्दिर निर्माणमा प्रयोग भएका ढुङगाहरु र अरु निर्माण सामाग्रीहरु पनी आश्र्चय लाग्दा छन । यस्तो अलौकिक शक्ती भएको महारुद्र मन्दिर पर्यटकिय स्थलका रुपमा बिकास गर्न सक्यो भने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आर्कषित गर्न सकिने कुरामा दूई मत छैन । हाल आएर स्थानियहरुले यो माग पनी उठाउन थालेका छन ।

आफ्नै छुट्टै यतिहासिक महत्व बोकेको महारुद्र मन्दिरको संरक्षण , संर्बद्धन र प्रसार प्रचार गर्ने र यसलाई सबै सामु चिनाउने जिम्मेबारी युवा पुस्ताको काधमा आएको छ ।यस्ता ईतिहासिक महत्वका कुराहरुमा स्थानिय , प्रदेश र केन्द्रिय गरी सबै तहका सरकारले पनी ध्यान दिनु पर्ने आबश्यक देखिन्छ ।

Comments

comments